मिलन पाण्डे भन्छन् नेकपा समाजवादीमा प्रवेश गर्ने हल्ला निराधार मात्रै



कार्तिक १० , काठमाडौं । विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने लागेको समाचार हल्ला मात्रै रहेको संयोजक पाण्डेले बताएका छन् ।
पाण्डे लगाएत केहि नेताले माधव नेपाललाई भेटेको फोटो सामाजिक संजालमा आएपछि माधव नेपालको पार्टीमा प्रवेश गर्न लागेको हल्ला चलेको हो । पाण्डेले नेताहरूसँगको भेटलाई सामान्य रुपमा लिनु पर्ने बताउछन् । पाण्डे भन्छन्, ‘ म/हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ। अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भेटेर राष्ट्रिय राजनीतिबारे छलफल गरेका छौँ। सुझाव दिएका छौँ। हरेक भेटमा हरेक नेताहरूसँग नागरिकको मुद्दामा कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल गर्छौँ। जुन सामान्य कुरा हो।’

हेरौ पाण्डेको को फेसबुक स्टाटस

*** गलत समाचारको भ्रममा नपर्नुहोला ***
एउटा मिडियाले म लगायत विवेकशील साझा पार्टीका केहि साथीहरूले अघिल्लो हप्ता नेकपा (एस)का अध्यक्ष माधव नेपालजीलाई भेटेको तस्बिरलाई गलत तरिकाले प्रस्तुत गरेर पार्टी प्रवेश गर्न लागेको भन्ने गलत र तथ्यहीन समाचार बनाउनुभएछ।
यो समाचार गलत हो।
म/हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ। अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भेटेर राष्ट्रिय राजनीतिबारे छलफल गरेका छौँ। सुझाव दिएका छौँ।
हरेक भेटमा हरेक नेताहरूसँग नागरिकको मुद्दामा कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल गर्छौँ। जुन सामान्य कुरा हो।
केहि दिन अघि एउटा राजावादी पार्टीका नेतासँग भेट भएको थियो। त्यो भेटमा पनि हामी कसरी नागरिकको जीवनस्तरसँग जोडिएका विषयमा सँगै देशको लागी काम गर्न सकिन्छ भनेर छलफल भएको थियो। कुनै फोटो मिडियामा आउँछ, कुनै आउँदैन।
वैकल्पिक राजनीति यति सस्तो र यति कमजोर छैन। विवेकशील आन्दोलनलाई सिद्ध्याउन केहि/कोही लागेका छन्। सचेत रहौँ है।
कोही साथीहरू पनि भ्रममा नपर्नु होला। विवेकशील साझाको आन्दोलन अब झन् सशक्त भएर अघि बढ्ने छ। विचार मिल्ने दलहरूसँग आवश्यक सहकार्य गर्नेछ। राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने प्रोग्रेसिभ लोकतान्त्रिक शक्ति बन्नेछ।
तपाईँको जानकारी र जिज्ञासाका लागि पार्टीको केन्द्रीय सूचना तथा सञ्चार विभाग उप-प्रमुख हरीश प्रसाद ( ९८६५९३६४७७ ) भट्टसँग बुझ्न सक्नुहुन्छ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी