प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्नु हुदै
कार्तिक ११,काठमाडौं ।-प्रधानमन्त्री शेरबहादुर देउवा भोलि बेलायत प्रस्थान गर्न लाग्नु भएको हो । नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहित भोलि त्यसतर्फ प्रस्थान गर्नु हुने छ ।
महासन्धि बाहेक देउवाले विभिन्न संस्थाको कार्यक्रममा भाग लिने र विभिन्न देशमा रास्ट्र प्रमुख सङ् भेट्ने कार्यक्रम पनि रहेको छ ।