कांग्रेसले माओवादीलाई भोट हाल्दा हजारौ मतदाता गुमायौ



२३ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले कांग्रेसले हँसिया हथौडामा भोट हाल्दा काठमाडौंमा मतदाता गुमाएको बताएका छन् । सिन्धुलीमा आयोजित एक कार्यक्रममा उक्त कुरा बताएका हुन् ।


‘चितवनको निर्वाचनमा कांग्रेसले हँसिया हथौडा (माओवादीको चुनाव चिन्ह) मा मत हाल्नुपर्छ भन्दा काठमाडौंमा मतदाता गुमायो’, उनले भने, ‘चितवन प्रकरणले कांग्रेसका लाखौँ मतदाता रिसाए। हामीले अब पनि हाम्रा ३२ लाख मतदाता रिसाउने काम गर्नु हुँदैन।’ साथै उनले अदालतबारे नबोलेमा कांग्रेसले अझै मतदाता गुमाउने पनि बताए ।

उनले अबको निर्वाचनमा ३० लाख नयाँ मतदाता थपिने बताउँदै तिनलाई पनि रुखमा भोट हाल्ने बनाउनुपर्नेमा जोड दिए। ‘अब ३० लाख नयाँ मतदाता थपिँदैछन्। ३० लाखबाट ठूलो संख्यामा कांग्रेसलाई मत हाल्ने बनाउनुपर्छ’, उनले भने, ‘हामीले हिजो कांग्रेस छाडेर गएका पुराना मतदाता र नौजवान मतदातालाई कांग्रेस नेतृत्वको अनुहार र फोटो देखाएर मत हाल्नुस् भन्नुछ। बजारमा टोलमा भन्न पाउनुपर्ने नेतृत्व नछाने गाह्रो छ। कांग्रेसले राम्रो नेतृत्व छानेमा १० लाख मतदाता थपिन्छन्।’

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय