त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल सम्म निशुल्क बस सेवा



२३ कात्तिक,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो । हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले सेवा सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उक्त बस सेवाको शुभारम्भ गर्दै आन्तरिक उडानका यात्रुको सहजताका लागि बस सेवा सञ्चालन गरिएको बताए । मन्त्री आलेले थप दुईवटा बसको व्यवस्था गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएका छन् । उनले गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउनसमेत निर्देशन दिएका छन् ।

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

सिडिओ सरुवा काण्डले फालिए गृहसचिव

काठमाडौं : गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको दुई महिनामै सरुवा भएको छ ।

 सामाजिक सञ्जालमा हामी