एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन



नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । एमालेको आज भएको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको छ । एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनमा माइन्युट कमिटीका लागि सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य सूर्य थापा, मनोजजङ्ग थापा, विष्णु रिजाल, ठाकुर गैह्रे, गोविन्द नेपाली र ज्वालाकुमारी साहलाई जिम्मेवारी दिइएको छ । यही मङ्सिर १० गतेदेखि चितवनमा हुने एमालेको दशौँ महाधिवेशनमा निर्वाचित एक हजार ८८९, पदेन २३९ छन् भने महोत्तरी, रौतहट, भुपु सैनिक क्षेत्र, मजदुर विशेषबाट चयन हुन बाँकी ६७ जना आउन बाँकी ६७ का साथै कूल पाँच प्रतिशत मनोनीत १०३ हुनेछन् । यी प्रतिनिधिमा १९५ दलित र पाँच ५७६ महिला प्रतिनिधि हुनेछन् ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय