नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन सकिँदैनः ओली



पुष ६, कपिलवस्तु। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने बताउनुभएको छ । ’यता नेपाल तर्फ बाझो जमिन छ उता भारत तर्फ खेती भइरहेको छ यो कदापी हुदैन’ ओलिले भन्नुभयो “कपिलवस्तुमा कृषि सिचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुन्छ, ।“ अध्यक्ष ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको बताउनु भयो ।
नेकपा एमालेले बेशहारा, अभिभावक विहिनको पार्टि नेकपा एमाले भएको उहाको भनाइ छ । एमालेले बेशहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको बताउनुभयो । कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने बताउनु भयो । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसगँ सुमधुर सम्बन्ध स्थापित गरेको बताउनुभयो । जेष्ठनागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधी उपचारको ब्यवस्था गरेको बताउनु भयो । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने बताउनु भयो ।

आफू प्रधानमन्त्री हुदा कपिलवस्तुको तौलिहवा जस्तो शहरलाई ५० लाख रकम बिनियोजन तथा सडक पुर्वाधारको लागि रकम बिनियोजन गरेको बताउनु भयो । जनता अवास कार्यलाई निरंतरता दिई फुसको छानो मुक्त गाउँ विकास स्थानीय तह एवम् पालिकालाई अनुरोध गर्नु भयो । कपिलवस्तुको बहादुरगंजमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कपिलवस्तु जिल्लाले अब विकास चाहेको उहाले बताउनु भयो ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेल हामी जनताबाट डराएका छैनौ भन्नूभयो “हामी चुनाव चहान्छौ“ उनले भने, ‘देउवा सरकार चुनावबाट डराएको छ।’लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका पोख्रेलले केपी ओली सरकार भएको समय विकासको लहर चलेको बताउनु भयो । कपिलवस्तुको बहादुरगंजमा नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले अब कपिलवस्तुमा विकासको लहर चल्ने बताउनु भयो ।

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

 सामाजिक सञ्जालमा हामी