नेकपा (एकीकृत समाजवादी)ले फागुन १ मा एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमसिसीको सम्भौताको बिरोध गर्दै फागुन १ गते मुलुकभर प्रदर्शन गर्ने भएको छ ।

बुधबार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले देशभरी प्रदर्शन गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार फागुन १ गते दिउसो २ बजे प्रदर्शन समय निर्धारण गरिएको छ । एकसाथ हुने एमसिसीको बिरोध प्रदर्शनमा पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई तयारीमा जुट्न निर्देशन दिने बैठकले निर्णय गरेको मोर्चा संगठनका प्रमुख विजय पौडेलले बताएका छन् ।

सरकारले आगामी फागनु २ गते बस्ने संसदको बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ । अमेरिकाले पनि एसिसीबारे चाँडो निर्णय दिन नेपाल सरकारलाई दबाव दिइरहेको छ ।

यथाशिघ्र एमसिसी पास नगरे फिर्ता लैजाने अमेरिकाले सरकारलाई बताउदै आएको छ । एमसिसीको बिरोध नेपालमा जनस्तरबाटै भइरहेको छ । साथै बुधबार काठमाडौंमा सात दलले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेको थियो ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

 सामाजिक सञ्जालमा हामी