काठमाडौं महानगर वडा १० को अध्यक्षमा अशोक कार्कीको नाम सिफारिस



काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय चुनावको लागि काठमाडौं महानगरपालिका वडा १० को वडा अध्यक्षको लागि अशोक कार्कीको नाम सर्वसम्मतले प्रस्ताव गरेको छ । चैत २८ गते बसेको वडाको वैठकले नाम सर्वसम्मतको साथ जिल्ला कमिटिलाइ सिफारिस गरेको हो ।

एमालेले कार्कीको साथै सदस्यहरुमा लक्ष्मीनारायण महर्जन,किशोर थापा,प्रभा मैनाली र निर्मला परियारको नाम प्रस्ताव गरेको हो । यस वडामा बिगतमा चुनाव जितेको काँग्रेसले भने उमेदवार टुंग्याउन सकेको छैन । गत २०७४ मा भएको स्थानीय निकायको चुनावमा काँग्रेसका रामकुमार केसी वडा अध्यक्षमा बिजय भएका थिए ।काँग्रेसमा आकांक्षि धेरै भएकाले टुंगिएको छैन । उता गठबन्धन गर्ने भनेर केन्द्रमा सहमति गरेको नेकपा माओवादी केन्द्रले भने वडाको अध्यक्षमा देवेन्द्रकुमार देउजालाइ सिफारिस गरिसकेको छ ।

आउदै गरेको स्थानीय निकायको चुनावलाइ केन्द्रित गरेरा राजनीतिक दलहरुले सङ्गठनको कामहरु व्यापक बनाएका छन् ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय