पेट्रोलियम पदार्थकाे मूल्य नघटाए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी



काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्य घटाउन माग गरेको हो ।

पछिल्लो १५ दिनमा दुईपटक गरेर मूल्य घटेर आएको भएपनि नेपाल आयल निगमले भाउ घटाउन चासो नदिएको अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य घटाएको छैन,’

विज्ञप्तिमा अगाडि भनिएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी मुल्य समायोजन नगरिएको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ ।’

अनेरास्ववियुले यथाशीघ्र मूल्य समायोजन गर्न निगमलाई आग्रह गरेको छ । ‘मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा

निरन्तरको वर्षाले नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या

नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् ।विजयादशमीका

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल