नेपाली दुई कबड्डी खेलाडी भारतीय क्लबमा अनुबन्ध
काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय नागेश्वर थारु र लालमोहर यादवले भारतको फ्रेन्चाइज कबड्डी ‘प्रो-कबड्डी’ खेल्ने हुनुभएकाे छ ।
प्रतियोगिताको आउँदो सिजनका लागि दुवै खेलाडीले बेंगलुरु बुल्सबाट खेल्ने हुनुभएकाे हाे । उहाँहरूलाई बेंगलुरुले १० लाख भारुमा अनुबन्ध गरेको हो । दुवै नेपाली खेलाडी प्रतियोगिताको अक्सनको ‘सी’ श्रेणीमा हुनुहुन्थ्याे ।
लालले यसअघि पनि बेंगलुरुबाटै प्रतियोगिता खेल्नुभएकाे थियाे । लालबाहेक नेपालका सञ्जय श्रेष्ठले पनि प्रतियोगिता खेल्नुभएकाे छ । सञ्जयले पनि बेंगलोरबाटै प्रतियोगिता खेल्नुभएकाे थियाे ।