खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी फेरि खोलामै



सिन्धुपाल्चोक । गत वर्षको बाढीपछि अनियन्त्रित बगेको मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन तथा मेलम्ची बजार क्षेत्रको बस्ती जोगाउनका लागि रु आठ करोडभन्दा बढी खर्च भइसकेको छ । बाढीले पुरिएको बस्ती खोतल्दै स्थानीयवासी पुरानै थलोमा बस्न थालेका थिए, तर मेलम्ची बजार क्षेत्र फेरि जोखिममा परेको छ ।

खोलाको बग्ने धार परिवर्तन भइरहेको छ, जीर्ण बनेको झोलुङ्गे पुल फेरि बाढीको उच्च जोखिममा छ । केही दिनदेखिको वर्षाका कारण यसै पनि जोखिममा रहेको मेलम्ची बजार थप जोखिममा परेको छ । मेलम्ची नदीमा आइरहने बाढीले बस्तीका नागरिकमा त्रास थपेको छ । मेलम्ची नदीले धार बदलिरहेको छ ।

नदीले धार परिवर्तन गर्दा बजार क्षेत्रका घर जोखिममा परेका छन् । जोखिममा रहेका नागरिक जीर्ण झोलुङ्गे पुल मर्मत र संरक्षण तथा बस्तीको दीर्घकालीन विकल्पको माग गरिरहेका छन् । पुल नभए यहाँका स्थानीयवासीको जीवन कष्टकर बन्ने बाढीबाट प्रभावित बनेका स्थानीयवासी श्यामकुमार श्रेष्ठ बताउनुहुन्छ ।

नदीलाई पुरानै लयमा फर्काउनकै लागि गएको असार अन्तिमसम्म पनि खोलाभरि तटबन्धको काम चलेको थियो । तर खोलाले निरन्तर गेग्रान ल्याएर मेलम्ची दोभान क्षेत्रमा थुपारेपछि तटबन्ध पुरिएर खोला वारपार हुँदै बग्न थालेको छ । जसका कारण खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी खेर गएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ नदीले गर्ने क्षति नियन्त्रणका लागि अझै पनि काम भइरहेको बताउनुहुन्छ ।

उहाँले पुल, सडक र बस्ती जोगाउन सक्दो प्रयास गरिरहेको बताउनुभयो । लगातारको वर्षाले मेलम्ची आसपासमा बाढीपहिरो बढिरहेको छ भने सडकखण्ड अवरुद्ध भइरहेका छन् । नागरिक त्रासमा जीवन बिताइरहेका छन्, बर्खाको समयमा नागरिकलाई झोलुङ्गे पुलबाहेक वारिपारि गर्न अन्य विकल्प पनि रहेको छैन ।

गत वर्षको बाढीपश्चात भूगर्भविद्हरूले मेलम्ची खोलाको तटीय क्षेत्रमा बसोबास नगर्न सुझाव दिएका छन् । तर पनि स्थानीयवासीले थातथलो नछाडेका कारण जनधनको क्षति हुनसक्नेतर्फ भने सबैको ध्यान पुग्न जरुरी छ ।

आज २०८१ साल माघ ६ गते आइतवार (Jan 19, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल माघ ६ गते आइतवार (Jan 19, 2025) माघ कृष्ण पञ्चमी

योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले ल्याएको पाँच अध्यादेशका बारेमा जानकारी

आशिका तामाङलाई पाँच दिन थुनामा राख्न सिडिओको अनुमति

पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

संखुवासभाको बाह्रबिसे बजारमा आगलागीमा ५ घर जल्यो

सभापोखरी : संखुवासभाको सभापोखरी गाउँपालिका ६ मा पर्ने बाह्रबिसे बजारमा आज दिउँसो आगालागि

 सामाजिक सञ्जालमा हामी