दक्षिण कोरियामा सङ्क्रमित घटे



सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ ।

यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेका थिए । अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २७ बढी हो ।
पछिल्लो एक दिनमा दक्षिण कोरियामा कोरोना कारण २९ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार २९२ पुगेको छ ।

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

काठमाडौं । डाक्टर गोविन्द केसी काठमाडौं आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।

९१ जनामा कोरोना संक्रमण, १६५ जना डिस्चार्ज

काठमाडौं ।  थप ९१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

काठमाडौं, असोज ३ । कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा चीनमा २७ जनाको