सिंहदरबारका नासुदेखि तल्लो तहका कर्मचारीको तलब नबढेको भन्दै ‘पेन डाउन’
काठमाडौँ । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।
असमान ढंगले कर्मचारीको तलब बढाइएको विषयलाई लिएर आन्दोलित कर्मचारीहरू र अर्थमन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको छ ।
आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका हुन् । सोमवार सिंहदरबारमा कार्यरत कर्मचारीहरूले पेन डाउन गरेका थिए ।
आन्दोलनरत कर्मचारीहरूले अर्थमन्त्रालय घेराउ गरिरहेका छन् । यसरी आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।