चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा



सप्तरी । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ ।

नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का वडाध्यक्ष जाहिर हुसेनले बताउनुभयो । वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको छ ।

पूर्वमा सप्तकोशी नदी, पश्चिममा चुरे पहाड र उत्तरमा त्रियुगा नदीको मध्यमा रहेको सप्तकोशी नगरपालिकाका विभिन्न वडाका सयौंँ घर डुबानमा परी लाखौँ रुपियाँ बराबरको क्षतिभएको नगरपालिकाले जनाएको छ । नगरको ११ वटै वडाका घर बाढीका कारण प्रभावित भएको र घर डुबानमा पर्नुका साथै भर्खरै लगाएको सयौँ बिघा धान खेती जलमग्न भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

वर्षाले –१ को वडा कार्यालयमा पानी पसेर कम्प्युटर लगायत कागजपत्र भिजेर क्षति भएको कार्यालयका सहायक राजकुमार रामले बताउनुभयो । वडा कार्यालय अगाडिको अग्रवाल स्टोरको गोदाममा पानी पस्दा लाखाँै मूल्यको खाद्यान्न सामग्री भिजेर नोक्सान भएको मनोज अग्रवालले बताउनुभयो ।

रातको समयमा नहर भत्किएर पानी प्रवेश गर्दा सरसमान सुरक्षित गर्न नपाएको स्थानीय रामबहादुर विष्टले बताउनुभयो । घरमा ६ फिटसम्म पानी जमेका कारण खाद्यान्नलगायत सामग्री बिग्रिएको उहाँले बताउनुभयो । नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई पानी नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको गुणराज सापकोटाले जानकारी दिनुभयो । खहरे खोलामा आउने बाढी पास गर्न बनाइएका साइफन÷कल्भर्ट थुनिएका कारण बाढीले नहरमा क्षति पु¥याएको स्थानीयको भनाइ छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गराएको चन्द्र नहर मुलुककै सबैभन्दा पुरानो सिँचाइ प्रणाली हो । नहरको मुख्य बाँधदेखि गङ्गा जलीखोलासम्म निर्माण भएका करिब एक दर्जन साइफन बन्द रहने गरेको छ ।

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी : काठमाडौं प्रहरी 

काठमाडौं /  प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको

इन्द्र ध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

मुगु । मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ