राष्ट्रियसभामा तीन प्रतिवेदन पेश



काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गर्नुभएको हो ।

बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७÷७८, राष्ट्रिय महिला आयोगको चौधाँै वार्षिक प्रतिवेदन, २०७७÷७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरिएको हो ।

बैठकले ‘कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको सन्देशसहित प्राप्त उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले उक्त समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त प्रमाणीकरण विधेयक पढेर सुनाउनुभयो । प्रमाणीकरण भएको विधेयक ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ हो । उक्त विधेयक यही साउन १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २५ गते बुधबार १ बजे बस्ने छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

 सामाजिक सञ्जालमा हामी