गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल हुँदैन :नेता खनाल



काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताउनु भएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उहाँले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताउनु भएको हो ।

नेता खनालले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हरेक पार्टीको आफ्नो हैसियत हुने भएकाले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्नुपर्छ ।’

गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्छ ।’

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

अमित लामा- अप्ठ्यारोमा नेतृत्वको रक्षा, केन्द्रीय सदस्यको इच्छा

काठमाडौं : ‘जेन-जी विद्रोह’ को नाममा भएको अराजकतापूर्ण गतिविधिपछि देशका प्रायः नेता असुरक्षित

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

 सामाजिक सञ्जालमा हामी