आगामी निर्वाचनमा एमाले दुई तिहाई सिट नजिते म राजनीतिबाटै सन्यास लिन्छु : खगराज अधिकारी



काठमाडौँ / नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले आगामी निर्वाचनमा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दाबी गर्नु भयो ।

बिहीबार काठमाडौँमा भएको साक्षात्कारमा बोल्दै उहाँले सङ्घ र प्रदेशको निर्वाचनमा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने बताउनु भयो । त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफू राजनीतिबाटै संन्यास लिन तयार रहेको घोषणा गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘एक्ला एक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा बढी सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’

अहिलेको पाँचदलीय गठबन्धन सरकारका कारण देश जटिल अवस्थामा पुगेको छ । ‘पेट्रोलियम पदार्थको मूल्यको कुरा गर्दा, घटाउनुपर्ने बेलामा १५, १५ दिनमा मूल्य समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन । यसले प्रत्यक्ष रूपमा जनता महँगीको मारमा परेका छन् । उहाँले भन्नुभयो ।

उहाँले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चूनौति खडा भएको बताउनु भयो।

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

सिडिओ सरुवा काण्डले फालिए गृहसचिव

काठमाडौं : गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको दुई महिनामै सरुवा भएको छ ।

 सामाजिक सञ्जालमा हामी