अध्यक्ष लम्सालको भिडियो खिचेर दुष्प्रचार गरियो स् प्रेस युनियन



 

काठमाडौं । नेपाल प्रेस युनियनले युनियन अध्यक्ष शिव लम्सालको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरिएको जनाएको छ ।

युनियन महासचिव दिलीप पौडेलले बिहीबार विज्ञप्ति निकालेर गत ३१ असारको साँझ ट्राफिक प्रहरीले अध्यक्ष लम्सालमाथि गरेको दुर्व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

अध्यक्ष लम्सालको नियोजित रुपमा मानमर्दन गर्ने गरी वास्तबिक घटनालाई अतिरन्जित गरेर भ्रम सृजना गर्न खोजिएको भन्दै युनियनले खेद व्यक्त गरेको छ ।

‘काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आउनु भएका अध्यक्ष लम्सालको निजी निवासमा छिरेर ट्राफिक प्रहरीले नियोजित रुपमा गरेको दुर्व्यवहार निन्दनीय छ । लम्सालको घर नजिकै रेष्ट्रेन्ट अघि पार्किङ गरिएका सवारी साधनले सडकमा पुयाएको अवरोध हटाउँदा रेष्टुरेन्ट सन्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानित हुने व्यवहार गरेको हो। लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हक हनन गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरेको घटनाका बारेमा सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन सम्बन्धित पक्षसँग युनियन जोडदार माग गर्दछ,’ महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको