बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन



 

बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो ।

यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेखि गर्ने निर्णय भएसँगै जिल्लास्तरीय छनोट पनि अघि गर्न लागिएको जनाइएको छ ।

जिल्लास्तरीय पुरुष र महिला क्रिकेट छनोट प्रतियोगिता भदौ १० गते देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

यसअघि भदौ १४ गते देहिमाडौँ खेलमैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन गर्ने मिति तय भएकामा परिवर्तन गरिएको हो ।

बैतडी जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीका अनुसार अन्य छनोट प्रतियोगिता भने साबिककै मितिअनुसार हुनेछन् ।

यही भदौ १० गते पहिलो दिन टेबल टेनिस ९महिला÷पुरुष०, बुद्धिचाल भारत्तोलन पुरुष, कराते, तेक्वान्दो ९महिलारपुरुष०, छनोट सदरमुकाममा हुनेछ । भदौ ११ गते सदरमुकाममै ब्याडमिन्टन ९महिलारपुरुष०, उसु फुल कन्ट्याक्ट कराते ९महिला÷पुरुष०, मेलौली खेल मैदानमा भलिबल ९महिलारपुरुष० छनोट भदौ १२ गते हुने जनाइएको छ ।

यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी ९महिलारपुरुष०, एथलेटिक्स ९महिला÷पुरुष०, फुटबल, बक्सिङ ९ पुरुष० छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

दर्ता फारम नभरेका खेलाडीलाई छनोटमा सहभागी नगराइने र छनोट प्रतियोगितामा सहभागी नभएका खेलाडीलाई छनोट नगरिनेसमेत सूचनामार्फत जनाइएको छ । छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका तीन सय २९ खेलाडीले आवेदन भरेका छन् ।

जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

अम्बानी निवासमा मेस्सीको विशेष भेट, भारतमा तेस्रो दिन पनि सेलिब्रेटीसँग भेटघाट जारी

नयाँदिल्ली — विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी भारत आएको तेस्रो दिनमा प्रवेश

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

 सामाजिक सञ्जालमा हामी