गृह मन्त्रीको सुरक्षा गार्डमाथि प्रहरी छानबिन सुरु



काठमाडौँ ।नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालेको छ ।

सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कार्की माथि प्रहरीले अनुसन्धान थालेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाई  छानबिन तथा अनुसन्धान भइरहेको जनाएका छन ।

“छानबिन तथा अनुसन्धानपश्चात् उनी दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने ब्यहोरासमेत अनुरोध गर्दछु”, राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी