काठमाडौं र पोखरामा जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ



 

काठमाडौं । काठमाडौं र पोखरामा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ३६ वर्षीय भोला तिमिल्सेना समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार २५० रुपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१० उत्तम चोकबाट लुडो खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१९ पुरन्चौर बस्ने ३६ वर्षीय श्याम श्रेष्ठ समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ४ हजार ५ सय रूपैयाँ बरामद गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

 सामाजिक सञ्जालमा हामी