एमाले पोलिटव्यूरो बैठक सम्पन्न



काठमाडौं । नेकपा (एमाले) पोलिटव्यूरोको दोस्रो बैठक अध्यक्ष  केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्यो । बैठक वर्तमान राष्ट्रिय राजनीतिका विषयमा गहन छलफल गर्दै सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका विषयमा प्रकाश पार्नुभएको थियो । भोलि बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने विषयहरू तय गरेको छ ।

बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने प्रक्रिया र मापदण्डका बारेमा छलफल भएको छ । बैठकमा पोलिटव्यूरो सदस्यहरु खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लिलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आ– आफ्ना सुझाव राख्नुभएको थियो ।

बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णयहरू अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा ११ बजे बस्नेछ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

काठमाडौंमा राजावादीविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं : नेकपा एमालेले राजावादीको गतिविधिविरुद्ध मोटरसाइकल र्‍याली गरेको छ। एमालेको भातृसंस्था युवा संघको

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स

 सामाजिक सञ्जालमा हामी