करदातालाई शिक्षा तथा करतिर्नेलाई सम्मान कार्यक्रम सम्पन्न



 

 

मेलम्ची । मेलम्ची नगरपालिकामा करदाता शिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रबाट २०७८,७९मा उत्कृष्ट करतिर्ने ४६ जनालाई सम्मान गरिएको राजश्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिकाले नगरपालिकाभित्रका व्यापारी, व्यवसायी, उद्योगी लगायतका व्यक्तिहरुका लागि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । मेलम्ची नगरपालिकामा सम्पन्न कार्यक्रममा कर सम्बन्धी विभिन्न जानकारीका साथै कर तिर्नुका कारणबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालयका सुचना अधिकारी निराजन पुडासैनी, आन्तरिक राजश्व कार्यालय धुलिखेलका अधिकृत दिपेन्द्र गोपाल मधिकर्मि लगायतले राष्ट्रको विकासमा करको योगदान रहेको बताउनुभयो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय धुलिखेलका अधिकृत दिपा नेपाल अधिकारीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । प्रशिक्षकद्वय पुणासैनी र मधिकर्मिले सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै कर तिर्नुको फाइदा तथा कर सम्बन्धी विभिन्न नियमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा उद्यमी व्यवसायीलाई कर शिक्षा, करको दायरा, नीति, छुटको व्यवस्था, व्यवसाय कर लगायतका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले नगरपालिकाले उठाउने करका बारेमा सहभागीले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । उहाँले व्यवसाय कर, घर बहाल कर, सम्पत्ति कर लगायतको बारेमा प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रममा सबै भन्दा पहिला कर तिर्ने, मालपोत तथा राजस्व कर सबैभन्दा बढी बुझाउने र व्यवसाय कर सबैभन्दा बढी तिर्ने व्यवसायी तथा व्यापारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।

करदाताहरुलाई हौसला र जिम्मेवारीबोध गराउन सम्मान कार्यक्रम गरिएको दुलालले जानकारी दिनुभयो ।
कार्यक्रम समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफ्नो व्यवसाय गरेबापतको कर तिर्न व्यवसायीहरुलाई आह्वान गर्नुभयो ।

नगर उहाँले नगरबासिले तिरेको करबाट नै नगरको विकास हुने भन्दै समयमै कर तिरेर सहयोग गर्नसमेत आग्रह गर्नुभयो । प्रमुख तामाङले बजार क्षेत्रमा अब्यबस्थित रुपमा गैह्रकानुनी बिसाबले बनाएर टहरा, भर्याङ लगायत संरचना हटादिन समेत आग्रह गर्नुभयो ।

नवौं एनभीए च्याम्पियनसिप: पुरुषको सेमिफाइनलमा आर्मी र रुकुम पश्चिम तथा हेल्प नेपाल र पुलिस भिड्ने

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको सेमिफाइनल

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

 सामाजिक सञ्जालमा हामी