तीन महिनादेखि उदिपुर पहिरोले अवरुद्ध बाटोको विकल्प खोजिएन



 

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका(१ उदिपुर सडकखण्डमा पहिरोले मोटर बाटो ठप्प भएको तीन महिना बितिसक्यो । तर, अझै यसको भरपर्दो विकल्पको खोजी हुन सकेको छैन । गत वर्ष नै गएको पहिरोले सडक बगाएपछि बुनाबाट अस्थायी ट्रयाक खोलेर यातायात सुचारु गरिएको थियो ।

यसवर्ष वर्खा लाग्ने बित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाक समेत पूरै सडकलाई नै पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको छ । अस्थायी रूपमा यातायात सञ्चालन गर्नका लागि चिप्लेटीबाट नेपाली सेनाको ब्यारेक झरेर उदिपुर जाने व्यवस्था गरियो ।

त्यहाँ पनि सोही पहिरो माथिबाट झरेको झर्‍यै हुँदा तल बाटो थुनिरहेको छ । बाटो थुनिएको धेरै समयपछि डोजरले बाटो सफा गरेर चलाउने काम हुँदै आएको छ । तर, कहिले बेसीशहरबाट चिप्लेटीसम्म र उदिपुरबाट फेरि अर्को गाडीमा यातायात गर्नुपर्ने बाध्यता वा सास्ती भोग्नु परिरहेको छ ।

चिप्लेटीबाटै माथि धिमिरेको बाटो हुँदै उदिपुर पुग्ने सडक पनि उपयोग गर्न खोजियो त्यो पनि कामयावी हुन सकेन । यो सडक नगरपालिका भित्र भए पनि डुम्रे–बेसीशहर–चामे सडक भएकाले डिभिजन कार्यालयले हर्ने हो । जसका लागि १९ करोड रुपैयाँ विनियोजन गरेको बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल बताउँछन् ।

टेण्डर आह्वान हुने कहिले हो, ठेक्का पर्ने कहिले हो, र बाटो बन्ने कहिले भविष्य अनिश्चित छ । त्यो बेलासम्म लमजुङ र मनाङवासीले सास्ती भोगिरहनुको विकल्प छैन । अघिल्लो वर्ष नै बनाउनु पर्ने सडक हो, ८ करोड परेको थियो, के हेरेर बसेका थिए रु प्रश्न गर्छन् लमजुङ उद्योग वणिज्य संघका पूर्व अध्यक्ष राजेश थापा ।

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

नयाँ प्रविधिमा पुराना फिल्म

नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सन्दीप लामिछाने एअरपोर्ट बाट पक्राउ

क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार