एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छोड्छौ : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाडिने बताउनुभएको छ । शुक्रबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गनुृहुँदै अध्यक्ष ओलीले अस्तित्व नै मेटाउँछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर विजयको सुनिश्चित गरी अगाडी बडिने बताउनुभयो ।

अध्यक्ष ओलीले केन्द्रीय सदस्हरुलाई देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिबद्ध भएर एमालेले गरेका काम र आगामी योजनालाई लिएर जनतामाझ जान निर्देशन दिनुभयो ।

ओलीले बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक, संगठानिक विषय लगायतका विषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्र्नुभयो ।

बैठकले निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली लगायतका विषय टुङ्गो लगाउने एमालेले जनाएको छ। एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्ने छ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स

नेपाली क्रिकेटमा अनुभवी प्रशिक्षकको आगमन

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले आगामी दुई वर्षका लागि अस्ट्रेलियाका पूर्वखेलाडी तथा

 सामाजिक सञ्जालमा हामी