विभिन्न स्थानमा अवैध लागूऔषधसहित ८ जना पक्राउ



 

काठमाडौं । काठमाडौं, कास्की र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका–११ का ३३ वर्षीय अनिल श्रेष्ठ छन् । उनलाई शनिबार पक्राउ गरिएको हो ।

श्रेष्ठको साथबाट प्रहरीले चरेस १ सय ७० ग्राम, पोल्यान्ड १ सय ३० ग्राम, ब्राउनसुगर ३ ग्राम, १ थान छुरी, १ थान प्लाष्टिकको पेस्तोल, १ थान डिजिटल तराजु, ४ थान घडी, २ थान मोबाईल र नगद १४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई उनकै डेराबाट लागूऔषधसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–७ राधाकृष्ण मार्गबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने बाँके घर भएका २९ वर्षीय बिशाल राना छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले डाईजापाम ६० एम्पुल, फेनरागन ६० एम्पुल र नुरफिन ६० एम्पुल बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले रानालाई उनकै कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४१ वर्षीय अमर राई लागयत छन् ।

उनीहरुको साथबाट प्रहरीले गाँजा १ केजी, ट्रामोल १ हजार क्याप्सुल र स्पासपेन १ हजार ट्याबलेट बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी धरान उपमहानगरपालिका–१० बिशाल पथबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय शिशिर श्रेष्ठ लगायत छन् ।

उनीहरुको साथबाट ट्रामोल १ हजार १ सय क्याप्सुल, स्पासपेन २ सय ५० ट्याबलेट र नगद १ लाख १३ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔष र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

टेरामक्स र वाइडबडी काण्डकाे अनुसन्धान अन्तिम चरणमा पुगेकाे छ : अख्तियार प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स काण्डको अध्ययन-अनुसन्धान

 सामाजिक सञ्जालमा हामी