प्रतिनिधिसभा निर्वाचन : वरिष्ठ नेता पौडेल तनहुँ–१ बाट सिफारिस



दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । पार्टीको तनहुँ जिल्ला कार्य समितिको आज बसेको बैठकले उहाँलाई सो स्थानबाट उम्मेदवार हुन सिफारिस गरेको हो ।

यसैगरी सोही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शङ्कर भण्डारीलाई पनि सिफारिस गरिएको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । यसैगरी समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का सिफारिस हुनुभएको छ । यसैगरी क्षेत्र नम्बर १ प्रदेश ९क० तर्फ रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ ९गोरा मियाँ०, सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, डोवाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलको नाम सिफारिस गरिएको छ ।

प्रदेश ९ख० तर्फ डम्बरबहादुर अधिकारी, दीपक भट्टराई, रामचन्द्र अधिकारी र अर्जुन अधिकारीको नाम सिफारिस गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, धु्रव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस हुनुभएको छ ।

प्रदेश ९क० प्रत्यक्षमा प्रा डा कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा शेषरमण न्यौपाने र यामबहादुर खाँण ठकुरी सिफारिस हुनुभएको छ । प्रदेश ९ख० तर्फ मिलन आले, चुडामणि खनाल, मोहन गिरी, दुर्गबहादुर राना, इन्द्रबहादुर आले र जीवन चन्द ठकुरी सिफारिस हुनुभएको छ ।

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

सिडिओ सरुवा काण्डले फालिए गृहसचिव

काठमाडौं : गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको दुई महिनामै सरुवा भएको छ ।

 सामाजिक सञ्जालमा हामी