आज संसदबाट विवादस्पद कार्यकाल थप्ने विधेयक पारित गर्ने सरकारको तयारी



काठमाडौं – संघीय संसद्‍का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल थप्नेसम्बन्धी विवादास्पद विधेयक पारित गर्ने सरकारको तयारी छ ।

बैठकमा कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।त्यसपछि सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसपछि ुकेही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारले सदनको कार्यकाल थप्ने विषयलाई सो विधेयकमा समेटेर ल्याएको हो । संसद्को कार्यदल थप्नेसम्बन्धी विधेयकको प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेको छ । निर्वाचन आयोगले पनि सो विधेयमाथि आपत्ति जनाएको छ ।

राष्ट्रिय सभा बैठक पनि आज बस्दैछ । दिउँसो १२स्५९ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक,२०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने लगायत कार्यसूची छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय