म्याड्रिड डर्बीमा रियल म्याड्रिडको शानदार जीत



एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको ‘म्याड्रिड डर्बी’मा साविक विजेता रियल म्याड्रिडले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एथ्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजीत रियल म्याड्रिडले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो ।

इस्टाडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन रोद्रिगो र फेडेरिको भाल्भेर्डेले एक-एक गोल गरे । एथ्लेटिको लागि मारियो हेर्मोसोले एक गोल फर्काए । खेलको १८ औं मिनेटमा टोचुमिनीको पासमा रोद्रिगोले गोल गर्दै रियललाई अगाडि बढाएका थिए । ३६ औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए ।

८३ औं मिनेटमा हेर्मोसोले गोल गर्दै एथ्लेटिकोलाई २-१ गोलको स्थितिमा ल्याए । इन्जुरी समयमा हेर्मोसो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा समेटिएको हो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा रियल २-१ गोलले विजयी भयो ।

जीतसँगै म्याड्रिड ६ खेलबाट १८ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजीत एथ्लेटिको समान खेलबाट १० अंकको साथ छैटौं स्थानमा रहेको छ ।

 

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय