राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन



काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको सत्तारुढ गठबन्धनको निष्कर्ष छ।

बुधबार बसेको सरकारमा सहभागि दलहरूको संयुक्त बैठक पछि संयुक्त विज्ञप्ति जारी गर्दै  गठबन्धनले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिनै प्रहार ठहर गरेको हो । राष्ट्रपतिको कदमका विरुद्ध गठबन्धनले सचेत रहन आग्रह गरेको छ ।

जारी विज्ञप्तीमा लेखिएको छ,“राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमुल्यन भएको छ ।” राष्ट्रपतिको यो कदमका विरुद्ध गठबन्धनले सचेत रहन संघीय लोकातान्त्रिक संवैधानिक व्यवस्थाका पक्षाधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार जगत लगायत सम्पुर्ण नेपालीहरुलाई सचेत रहन पनि आग्रह गरेको छ ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । राष्ट्रपतिले संविधान उल्लघंन गरेको गठबन्धनले निष्कर्ष निकालेको छ ।

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४

 सामाजिक सञ्जालमा हामी