‘एक हातले मात्रै हुर्काएको छोरा मार्दिए मैले अझै न्यान पाएको छैन´



अछाम । बलबहादुर शाही हातमा माला लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागतका लागि कुरिरहेका थिए । एउटा हात नहुँदा पनि सुखदु:ख गरेर हुर्काएको छोरा विवेकको हत्या भएपछि विक्षिप्त भएका उनी बेलाबेला भक्कानिन्छन् । हत्यामा संलग्नलाई कारबाही हुन नसक्दाको पीडाले उनलाई झनै पोल्छ ।

मध्यपहाडी लोक मार्ग पदयात्राको क्रममा आइतबार एमाले अध्यक्ष ओलीलाई भेट्दै बलबहादुरले छोराको न्यायका याचना गरे ।

`एक हातले मात्रै हुर्काएको छोरा मार्दिए मैले अझै न्यान पाएको छैन´, आफ्नै गाउँमा आइपुगेका ओलीलाई बलबहादुरले भने, `मेरो छोराको हत्यारालाई कारबाही होस् ।´

विनोदका बुवाको कुरा सुनेपछि एमाले अध्यक्ष ओलीले विनोदको हत्याको विरोध गर्दै सरकार हत्यारालाई जोगाउन लागिपरेको बताएका थिए ।

‘एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो’, उनले भने ।

ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाई हत्या गरिएकोमा खेद व्यक्त गरे । एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको भन्दै उनले भने, ‘म विनोद शाहीलाई शहीद घोषणा गर्दछु ।’

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद २०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए । शाहीको हत्या आरोपमा पक्राउ परेका पनि धरौटीमा छुटेपछि अभिभावकहरूले छोरा गुमाउँदाको घाउ बल्झिएको बताएका छन् ।

शाहीको हत्या आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । सरकारी वकिलको कार्यालयले मेयर चलाउनेसहितका तीनजनाविरुद्ध प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गर्‍यो ।

१० जनाविरुद्ध मुद्दा चलाइएकोमा अदालतले गत असारमा पाँचजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने केही अझै फरार छन् ।

बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ध्यान दिन सिजपको ध्यानाकर्षण

काठमाडौं : बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ख्याल गर्न

प्रधानमन्त्री द्वारा माईती नेपाललाई एक करोड दिने घोषणा

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो, थुनछेक बहस भोलि

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

आज २०८१ साल पुस २६ गते शुक्रबारको राशिफल

काठमाडौं : आज २०८१ साल पुस २६ गते शुक्रबार तदनुसार सन् २०२५ जनवरी १०

 सामाजिक सञ्जालमा हामी