सङ्कल्प यात्राबारे दस्ताबेज सार्वजनिक गर्ने एमालेको तयारी



काठमाडौँ । मध्य पहाडका जिल्लामा मङ्सिर १४ देखि पुस १ सम्म नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष निकालेको छ । सङ्कल्प यात्राबारे बुधवार अनौपचारिक रूपमा बसेको सचिवालय बैठकमा गरिएको विश्लेषणमा यात्रा भव्य रूपमा सफल भएको निष्कर्ष आएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

यात्राले पहिचान पक्षधरले फैलाएको भ्रम समेत चिरिएको एमालेको दावी छ । ‘यो यात्रा एमालेको मात्र नभएर सबैको साझा बनेको छ । किनभने एमाले मात्र नभएर आम जनता यात्रामा सहभागी भए भने अरू पार्टीका नेता कार्यकर्तासँग अन्तरक्रिया समेत भए’, ज्ञवालीले भने, ‘अरू पार्टीका नेता कार्यकर्ता स्वागतमै सहभागी बन्नु खुसीको कुरा हो ।’एमालेको उक्त अभियानले एमालेकै नेता कार्यकर्ताबिच पनि आपसमा चिन्ने र आत्मीयता बाँड्ने काम भएको नेताहरूले जनाएका छन् ।‘समस्या र सम्बोधनका उपायबारे लिखित रूपमै धेरै सुझावहरू आएका छन् । ती सुझावहरूको अध्ययन गरेर त्यसलाई एकीकृत गर्ने काम हुन्छ’, उपाध्यक्ष ज्ञवालीले भने, ‘एकीकृत गरेर दस्ताबेज नै बनाउने हाम्रो तयारी छ ।’

एमालेले पुस ८ गते १ बजे यात्राका उपलब्धिबारे अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी भएर पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । ‘पत्रकार सम्मेलनमा संक्षिप्त जानकारी दिइन्छ विस्तृत दस्ताबेज तयार हुन समय लाग्ने भएकाले त्यो अलि पछि नै सार्वजनिक हुन्छ’, नेता ज्ञवालीले भने, ‘दस्ताबेजका आधारमा समस्याहरू सम्बोधन गर्न सरकारलाई संसदमार्फत दबाब दिन्छौ ।’

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

 सामाजिक सञ्जालमा हामी