रविलाई खोया हान्ने सन्तोष रानाभाटलाई चलाइयो अभद्र मुद्दा, १० दिन हिरासतमा
पोखरा । शनिबार पोखराको अम्मरसिंह चौरमा रास्वपाको सभा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई मकैको खोयाले हान्ने ३३ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरी अभद्र मुद्दा चलाइएको हो।
उनलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।