भन्सार छलेर ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित बाराबाट एकजना पक्राउ



बारा। भारतबाट नेपालमा बिक्रीका लागि भन्सार छलेर ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँ बराबरका विभिन्न कम्पनीका ५१ थान मोबाइल र चार्जरसहित प्रहरीले बारागढी गाउँपालिका–३ खोपवाका रुपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो ।

बुधबार राति ८ बजेको समयमा प्रहरीले  विशेष सूचनाको आधारमा चौधरीको घरमा छापा मार्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल, ४८ थान चार्जर र ९ थान ब्याट्री बरामद गरेको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

प्रहरी प्रमुख काफ्लेकाअनुसार मोबाइलसहित पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारामा नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत

एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा

नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४

 सामाजिक सञ्जालमा हामी