संखुवासभाको नवौ अधिबेशन महेश बस्नेतको प्रमुख आतिथ्यतामा हुदैं



संखुवासभा । राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको नवौ अधिबेशनको प्रमुख अथितीको रुपमा नेकपा एमालेका चर्चित युवा नेता महेश बस्नेत संखुवासभा आउने भएका छन् । नेता बस्नेतसगैं राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षहरु अमित लामा, रमेश तिवारी, कृष्णहरी केसी र सचिव पर्वत भण्डारी समेत को उपस्थिति रहनेछ ।

युवा अध्यक्ष ध्रुब खड्का (डीवान)का अनुसार यसै अधिबेशन सन्दर्भमा बिहिवार १० बजे तुम्लिङटारदेखि खादबारीसम्म बाईक र्याली तथा बजार परीक्रमा गर्दै उद्घाटन सत्र भने खादबारी नगरपालीकाको सभाहलमा हुने छ । उद्घाटन सत्र पश्चात् बन्द सत्र मार्फत ५१ सदस्यीय नया जुझारु कमिटी बन्ने छ ।

नया बन्ने अध्यक्ष पदमा युवामाझ चर्चित नेता हिल जोन्सोन राई र चैनपुर नगर कार्यपालिका सदस्य सुवास चाम्लिङ्ग राईले दावी गरेका छन् । साथै मादी नगरका याम लिम्बू धर्मदेवीका प्रदिप खुलाल बस्नेत, खादबारीका सुनिल श्रेष्ठ र मादीकै नवराज कडुवाल समेत आकांक्षी देखिएका छन् । तर नेता हिल जोन्सोन राई भने संखुवासभाली युवा आन्दोलन ले चिनेका क्रीयाशिल युवाहरूलाई समेटेर सर्वसहमत नेतृत्व चयन हुने मा बिस्वस्त रहेको बताएका छन् ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी