उपचार नपाएर काेही मर्नु नपर्ने भाषण गर्दै स्वास्थ्यमन्त्री, जीवन रक्षाको याचना गर्दै बिरामी



सिन्धुपाल्चोक । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औपचारिक/अनौपचारिक कार्यक्रममा पुग्दा एउटा शब्द बोलिरहन्छन् त्यो हो- ‘आर्थिक अभावमा उपचार नपाएर कोही बिरामी अकालमा नै मर्नु पर्दैन ।’

बस्नेतले यसो भनिरहँदा स्वयम मन्त्रीकै जिल्ला र निर्वाचन क्षेत्रका बिरामी भने उपचार अभावमा सामाजिक सञ्जालमार्फत पैसा संकलन गरेर उपचार गर्न बाध्य छन् ।

केही दिन अघि सिन्धुपाल्चोकको सिपातीनधरे संस्कृत माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा समेत सभामुखकै अगाडि समेत यो वाक्यांश भनेपछि सभामुख देवराज घिमिरेले समेत स्वास्थ्य मन्त्री बस्नेतको प्रशंसामा लामै समय खर्च गरेका थिए र बस्नेत जस्तो नेता जिताउनेलाई धन्यवाद दिन समेत भ्याएका थिए ।

स्वास्थ्य मन्त्रालय सम्हालेको १०० दिन पूरा भएको अवसरमा पनि स्वास्थ्य मन्त्रालयले सभागृहमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालकै अगाडि मन्त्री बस्नेतले- ‘उपचार अभावमा मर्नुपर्ने अवस्था अन्त्य भएको’ बताएका थिए ।

स्वास्थ्यमन्त्रीले आफ्ना हरेक भाषणहरूमा मिठा मिठा शब्दहरू बोलिरहँदा उनकै जिल्लाका बिरामी भने उपचारका लागि आर्थिक सहयोग चाहियो भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाइरहेका छन् ।

पत्रकार समेत रहेका र नेपाली कांग्रेस निकट प्रेस युनियनमा आबद्ध चित्र मिजारले आफ्नी भान्जी मनीषा श्रेष्ठको दुवै मिर्गौलामा समस्या आएपछि मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभियान सुरु गरेका छन् । सामाजिक सञ्जालबाट मिर्गौला प्रत्यारोपणमा धेरै रकम लाग्ने र चरम आर्थिक समस्या भएकाले सबैले सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर- २ दुवाचौरकी सविता श्रेष्ठको पनि दुवै मिर्गौलाले काम नगरेको र मुटुमा समेत समस्या आएपछि अहिले उनको जीवन बचाउनका लागि स्थानीयले आर्थिक संकलन अभियान सुरु गरेका छन् ।

मेलम्ची नगरपालिका- ११ का पूर्व वडाध्यक्ष समेत रहेका ज्ञानेन्द्र श्रेष्ठ भन्छन्- आर्थिक अभावमा उपचारमा समस्या भएपछि हामीले सबै सहयोगीहरूलाई सहयोगका लागि आग्रह गरेका छौ र हालसम्म २ लाख बढी रकम संकलन भएको छ ।

सबिता र मनीषा मात्रै होइन सिन्धुपाल्चोकमा दर्जन बढी गम्भीर रोग लागेका बिरामीहरूले आर्थिक अभावमा उपचार गर्न समस्या भएपछि यसै गरेर सामाजिक सञ्जालबाट सहयोगको याचना गरिरहेका छन् ।

स्वास्थ्य मन्त्री बस्नेतकै निर्वाचन क्षेत्रमा यति बेला पूर्ण गिरी बचाउ अभियान, मुकेश गिरी र रिता गिरी बचाउ अभियान चलिरहेको छ ।

यी बाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रबाट पनि यसै गरेर बिरामी बचाउ भन्दै सामाजिक सञ्जालबाट आर्थिक सहयोग संकलन भइरहेको छ । सामाजिक सञ्जालका धेरै प्रयोगकर्ता, नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूलाई यस्ता अभियानमा सहयोग गरिदिन बिरामीका आफन्तहरूले अनुरोध गर्ने गरेका छन् ।

बिरामीहरूको जीवन बचाउन आर्थिक संकलन अभियान मात्रै होइन सिङ्गो सिन्धुपाल्चोक जिल्लामा एउटा सुविधा सम्पन्न अस्पताल समेत छैन ।  सदरमुकाम चौतारामा रहेको जिल्ला अस्पतालको अवस्था दयनीय छ भने मन्त्री बस्नेतकै गृह गाउँ बाह्रबिसे बजारमा रहेका बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ । बाह्रबिसे अस्पताललाई अहिले ५ शय्याको अस्पतालको अनुमति प्राप्त हुने अन्तिम तयारीमा रहे पनि दक्ष जनशक्तिको भने अभावमा नै रहेको स्थानीयको भनाई छ ।

सिन्धुपाल्चोकका अधिंकाश बिरामीहरू कि काभ्रेको धुलिखेल नभए राजधानीका अस्पतालमा उपचारका लागि जानु पर्ने बाध्यता रहेको छ ।

कोभिडको समयमा स्वास्थ्य मन्त्री बस्नेतले सिन्धुपाल्चोकमा १०० बेडको अस्पताल तत्कालै बनाउने घोषणा गरेका थिए । उनी त्यति बेला सांसद मात्रै थिए । तर अस्पताल बनाउने भन्दा पनि विभिन्न व्यापारीहरूसँग अस्पतालमा प्रयोग हुने बेड मागेर उनले विभिन्न स्वास्थ्य संस्थाहरूलाई प्रदान गरेका थिए ।

स्वास्थ्य मन्त्री बस्नेतले कोभिडको समयमा पनि तत्कालीन नेकपाका नेताहरूले अवरोध गरे पनि आफूले गाउँ गाउँमा गएर कोरोनाका बिरामीहरूलाई माक्स लगायतका स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको बताउने गरेका छन् ।

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

टेरामक्सबारे मुद्दा चलाउदै अख्तियारः तानिएलान् ज्ञानेन्द्र कार्की, मोहन बस्नेत र गोकुल बास्कोटा ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार

 सामाजिक सञ्जालमा हामी