ठुला नेता नै तस्करीमा संलग्न छन्, सरकार आफ्ना मान्छे पर्ने डरले कारबाही गर्न सक्दैन : महेश बस्नेत



काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले देशको आर्थिक वृद्धिदर निराशाजनक रहेको बताउनुभएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटको सलमपाखा बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै बस्नेतले अहिले देशले ठुलो आर्थिकमन्द बेहोरिरहेको बताउनुभयो । नेपालको अहिलेको आर्थिक मन्दीको कारण बाह्य कारण भन्दा पनि सरकारको आन्तरिक कारण नै भएको उहाँको भनाइ छ ।

यो अढाई वर्षको बिचमा देशको मूल्य वृद्धि चार गुनाले बढेको उहाँले बताउनुभयो । यसलाई नियन्त्रण गर्ने तर्फ सरकारले धान नदिएको बस्नेतले टिप्पणी गर्नुभयो । भ्रष्ट कर्मचारीलाई मात्र कारबाही गर्न सकेको भए पनि देशको औपचारिक राजश्व बढ्ने उहाँको धारणा छ । त्यस तर्फ पनि राज्यले ध्यान नदिएको उहाँले गुनासो गर्नुभयो ।

देशमा चोर, तस्करी भ्रष्टाचारी मौलाउँदै गएको बस्नेतले बताउनुभयो । ‘अझ गम्भीर आरोप त के छ भने ठुला ठुला नेताहरू नै त्यसमा संलग्न छन्, यिनीहरूलाई कारबाही गर्छ कि सरकारले भन्दा कारबाही गर्छु भनेर गफ चाहिँ गर्छ, तर कारबाही गर्दैन, किनभने कारबाही गर्न प्रमाण बटुल्दै बटुल्दै गयो आफ्नै मान्छे पर्छ, कारबाही गर्नुभएन, अब ब्याक हुने भनेर ब्याक हुन्छ’, बस्नेतले भन्नुभयो ।

अर्थतन्त्र संकटमा परेपछि घरजग्गाको कारोबार रोकिएको उहाँले बताउनुभयो । सहरीकरणको काम ठप्प रहेको बस्नेतले बताउनुभयो । पैसा जति धेरै चल्यो त्यति नै अर्थतन्त्र चलायमान हुनेमा अहिले पैसा रोकिएर बसेको उहाँले भन्नुभयो ।

अहिले विकासको काम ठप्प भएको बस्नेतले बताउनुभयो । ‘अहिले विकास भनेका स्यालको सिङ जस्तै भएको छ, फाट्टफुट्ट एउटा दुइटा विकासको काम भएको छ’, बस्नेतले भन्नुभयो ।

आज रवि लामिछाने र जेबी राईको कारण देश भरिका सहकारीमा कालोभुत सवार भएको उहाँले बताउनुभयो । उहाँहरूले सहकारीमा गरेको बेमानीको कारण देशभरिका सहकारी प्रतिको विश्वसनीयता घटेकाे बस्नेतको भनाइ छ ।

देशको परिस्थिति गम्भीर ढङ्गले अघि बढेको बस्नेतले बताउनुभयो । जालझेल गरेर गलत मान्छेले मुलुक कब्जा गरेको कारण अढाई वर्षदेखि देश डामाडोल बनेको उहाँले प्रष्ट पार्नुभयो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी