केपी ओली कप फुटबल फागुन ११ गतेदेखि



काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीप प्रतियाेगिताकाे दाेस्राे संस्करण फागुन ११ गतेदेखि सुरु हुने भएकाे छ । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालकाे आयाेजनामा हुने प्रतियाेगिता फागुन ११ गतेदेखि २० गतेसम्म चल्नेछ ।

प्रतियोगिताका खेलहरु च्यासल फुटबल मैदानमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५०-५० हजार रुपैयाँ पाउने छन् ।म्यान अफ दि म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

NPL मा अनलाइन ‘बेटिङ’ खेलाएको आरोपमा थप ३ जना पक्राउ

काठमाडौं : कीर्तिपुरस्थित खेलमैदानमा चलिरहेको एनपीएलमा अनलाइन जुवा खेलाएको आरोपमा बिहीबार ३ जना पक्राउ

काठमाडौंमा ‘नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४’ ब्याडमिन्टन प्रतियोगित हुदै

काठमाडौं :  नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ ।

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । रवि बोपारको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई

 सामाजिक सञ्जालमा हामी