६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए



काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना अवधिमा नियन्त्रणमा लिईएको नेपाल प्रहरीले जनाएको छ।

यो आर्थिक वर्षको ६ महिनाको अवधिमा संलग्न ५ सय २९ जनामध्ये ४ सय ६ जना पक्राउ परेका नेपाल प्रहरीले जानकारी दिएको छ। तीमध्ये ३ सय ६० जना पुरूष र ४६ जना महिला छन्। ज्यान मुद्दा लागेकामा ७ जना पुरूष र १ जना महिला विदेशी छन्।

प्रहरीले नियन्त्रणमा लिएकामा काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत २२ जना, कोशी प्रदेशमा ८५ जना, मधेश प्रदेशमा ५८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३२ जना, लुम्बिनी प्रदेशमा ७९ जना, कर्णाली प्रदेशमा ४९ जना र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले बताए।

यसरी पक्राउ परे अभियुक्त

सर्वश्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्य बहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परे । उनलाई अंश सम्बन्धी झगडामा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा २०६१ जेठ ५ गते जिल्ला अदालत धादिङले सर्वश्वसहित जन्मकैद फैसला गरेको थियो ।

यसैगरी कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँके नेपालगंजका ५५ वर्षीय मोहमद् हाफिम खाँ १४ वर्षपछि मंसिर २० गते पक्राउ परे । उनलाई २०६६ असार २२ गते जिल्ला अदालत बाँकेले १८ वर्ष कैद सजायको फैसला गरेको थियो ।

दवाडी र खाँ प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा संलग्न तथा फरार व्यक्तिहरू पक्राउ पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

तथ्याङ्क विश्लेषण गर्दा चालू आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्तहरू प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको देखिन्छ । अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने संख्या बढ्दै जाने प्रहरीको भनाई छ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ भन्छन्, “अनुसन्धान र खोजी कार्य निरन्तर रहने, चालु मुद्दाको अभियुक्त पक्राउ गर्न तथा अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी कार्यालयहरूले कार्ययोजना नै बनाई कार्यान्वयन गर्ने हुँदा चालु मुद्दाका फरार प्रतिवादी तथा पुराना पुराना मुद्दाका फरार प्रतिवादीहरूलाई समेत पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ। खुला सीमाना र विश्वव्यापीकरणका कारण केही त्यस्ता व्यक्तिहरू फरार रहेको भएतापनि ईन्टरपोलको सहयोगमा समेत केही फरार प्रतिवादीहरूलाई पक्राउ गरी ल्याइएका छन्। प्रहरीको सूचना संयन्त्रको प्रयोग, प्रविधिको प्रयोग र योजनासहितको निरन्तरताको प्रयासका कारण कर्तव्य ज्यान लगायतका मुद्दाका प्रतिवादीहरू मध्ये ठूलो प्रतिशतलाई पक्राउ गर्न सफल भएको छ भने यो पक्राउ दरलाई अधिकतम बनाउन प्रहरी सदैव क्रियाशील छ।”

अपराध अनुसन्धानलाई थप व्यावसायिक तथा विशिष्टिकृत गर्न नेपाल प्रहरी कार्ययोजना, २०८० ले विभिन्न व्यवस्था गरेको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्ययोजना लागू गरेपछि अपराध अनुसन्धानको जनशक्ति व्यवस्थापन गर्न सहज भएको अनुसन्धान अधिकृतहरुको भनाई छ।

यसरी हुन्छ अनुसन्धान

विधि विज्ञान प्रयोगशाला, पोलिग्राफ शाखा, डिजिटल फोरेन्सिक ल्याब, डाटा सेन्टर, सिसिटिभि, केनाईन आदिले प्रमाणमुखी अपराध अनुसन्धानमा सघाऊ पुगेको प्रहरीको भनाई छ। विशिष्टिकृत अपराध अनुसन्धान ईकाइको क्षमता विकास र प्रदेशस्तरमा विस्तार भई अनुसन्धान क्षमता र दायरा फराकिलो भएको छ र समग्र अनुसन्धान क्षेत्रमा सकारात्मक प्रभाव पारी जुनसुकै अपराध गरी देश वा विदेशमा फरार व्यक्ति कानूनको पञ्जाबाट उम्किन नसकेको अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाई छ।

प्रहरी प्रवक्ता ढकाल भन्छन्, “अपराध व्यक्ति, परिवार, समाज तथा देशको विकासका लागि बाधक हुन्छ। त्यस्ता अपराधको सफल अनुसन्धान गर्न र अपराधीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय छ। अपराध न्यूनिकरण गर्न प्रहरीका हरेक युनिटको कुशल परिचालन गरिएको छ। युनिटले चौबिसै घण्टा गस्ती, पेट्रोलिङ गर्नुको साथै आवश्यकता अनुसार सचेतना कार्यक्रम गरिरहेका छन्। योजना र नीतिहरूको विश्लेषण र तर्जुमा गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका अन्य निकायहरूसँग सहकार्य गरिएको छ। कुनै अपराधी नछुटोस् र कुनै निर्दोष व्यक्तिले सजाय नपाओस् भन्नेमा नेपाल प्रहरी सचेत भएर काम गरिरहेको छ।”

 

ढकालका अनुसार, प्रविधिको उच्चतम प्रयोगले अपराध अनुसन्धान एवम् नियन्त्रणमा अहम भूमिका निभाएको छ। वस्तुनिष्ठ तथा प्रमाणमुखी सबुत संकलनमा नेपाल प्रहरीले साधन स्रोत व्यवस्थापन तथा दक्ष जनशक्ति उत्पादनलाई जोड दिएको छ।

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

टेरामक्सबारे मुद्दा चलाउदै अख्तियारः तानिएलान् ज्ञानेन्द्र कार्की, मोहन बस्नेत र गोकुल बास्कोटा ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

 सामाजिक सञ्जालमा हामी