बार्दलीबाट समर्थक र पत्रकारहरूतिर रविले भने- खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन



रुपन्देही- सहकारी संस्थाको बचत ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएका छन् ।

बिहान ११ बजे कास्कीबाट श्रीएयरलाइन्सको जहाजमार्फत भैरहवा ल्याइएका उनीसँग करिब घण्टा लामो बयान सरकारी वकिलले लिएका छन् ।

बयानपछि उनलाई साँझ साढे ५ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राख्न लगिएको छ ।

उनले बयानपछि सरकारी वकिलको कार्यालयको बार्दलीबाट समर्थक र पत्रकारहरूतिर फर्किएर छोटो टिप्पणी गर्न भ्याए ।

सरकारी वकिलसँग बयानपछि बार्दलीबाट भ्यानतर्फ झार्ने क्रममा उनलाई समर्थकहरूले ‘रवि दाइ डन्ट ओरी’ भन्दै हौसला दिए। रविले पनि बार्दलीबाट थम्स अप गर्न भ्याए ।

त्यसपछि उनले बार्दलीबाट झर्नै लाग्दा दबिएको स्वरमा भने, ‘खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन ।’ रविले बोल्न भ्याएपछि अत्तालिएका प्रहरी अधिकारीले उनलाई तत्कालै ठेल्दै भ्यानतिर लिएर गए । यसअघि पोखरामा पनि उनले अदालत परिसरमा बोल्दा विवाद भएको थियो।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी