के मोबाइलमै नेपाल प्रिमियर लिग हेर्न पाइएला ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण गर्ने अधिकार स्टार स्पोर्ट्सलाई दिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै क्यानले ब्रोडकास्टिङ राइट्स स्टार स्पोर्ट्सलाई दिएको घोषणा गरेको हो ।
त्यस्तै नेपालमा स्थानीय रूपमा कुन ओटीटी प्लेटफर्म वा डिजिटल माध्यमबाट प्रसारण हुने भन्ने कुरा चाँडै नै सार्वजनिक गरिने उनले बताए ।
“अहिले हामीलाई सबैभन्दा ठूलो चुनौती नेपालको क्रिकेट विश्वसामु देखाउनु छ,” क्यानका सचिव पारस खड्काले भने, “नेपालमै ओटीटीबाट देखाउने वा डिजिटल रूपमा कसरी देखाउने भन्ने छलफल गरिरहेका छौं । त्यसको घोषणा पनि छिट्टै गर्नेछौं ।”
अहिलेका लागि ग्लोबल स्टेजमा नेपाली खेलाडीको सीप र कौशल विश्वले हेर्न पाए खेलाडी र देश दुवैलाई फाइदा हुने उनले तर्क गरे ।