पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि,आज सार्वजनिक बिदा



काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

ढुंगानाको आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।

ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए ।

ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

 सामाजिक सञ्जालमा हामी