NPL मा अनलाइन ‘बेटिङ’ खेलाएको आरोपमा थप ३ जना पक्राउ



काठमाडौंकीर्तिपुरस्थित खेलमैदानमा चलिरहेको एनपीएलमा अनलाइन जुवा खेलाएको आरोपमा बिहीबार ३ जना पक्राउ परेका छन्। उनीहरूलाई त्रिवि क्रिकेट मैदानबाटै पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत विहार झारखण्डका सन्दीप कुमार सिंह, प्रिन्सु कुमार सिंह र राकेस  शर्मा रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार दुई र मंगलबार दुईजना भारतीय नागरिक र बिहीबार तीन जनालाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता होविन्द्र वोगटीका अनुसार उनीहरूले मैदानमा नै अनलाइन जुवा ‘बेटिङ’ खेलाएका थिए। सोमबार पक्राउ पर्नेमा सुमन घोस अमित यादव, मंगलबार पक्राउ पर्नेमा विहारका सुमन्त कुमार र बज्रेस कुमार रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ६ वटा विभिन्न कम्पनीका मोबाइल र चारवटा भारतीय आधार कार्ड समेत फेला पारेको छ। उनीहरूले एनपीएल भएकै स्थानमा बसेर विभिन्न नामका अनलाइन बेटिङ एप मार्फत पैसाको हारजित हुनेगरी सट्टेबाजी खेलाएका थिए।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

 सामाजिक सञ्जालमा हामी