भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै



काठमाडौंभुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी शुक्रबार बिहान काठमाडौं आउने भएका हुन्।

भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार दिल्लीबाट काठमाडौं आउने भएका हुन्। काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन्। भुटानी राजा वाङचुक १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका हुन्।

भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन्। भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ। उनका सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय खटिने छन्। भुटानी राजा दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर बढ्डो

काठमाडौं : उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर गम्भीर रूपमा

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाको विरोध गर्दै वीरगन्जमा हिन्दु युवाहरुले जलाए बंगलादेशको राष्ट्रिय झण्डा

काठमाडौं : बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हत्या तथा हिंसात्मक घटनाको विरोधमा

आजको राशिफल ~वि.सं. २०८२ पौष ०७ गते सोमवार :

आजको राशिफल ~वि.सं. २०८२ पौष ०७ गते सोमवार : मेष (चु, चे, चो,

श्री अन्तु पुग्न नागरिकलाई २ किलोमिटर हिँड्नुपर्ने, जेन–जी मन्त्रीको गाडी भने टुप्पामै

इलामको सूर्योदय नगरपालिका–स्थित श्री अन्तुमा सूर्योदय अवलोकन गर्न करिब २ किलोमिटर उकालो हिँड्नुपर्ने

 सामाजिक सञ्जालमा हामी