२.० डिग्री सेल्सियसमा झर्‍याे काठमाडौंको तापक्रम



काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको मैसम यस वर्षकै सबैभन्दा न्युन बिन्दुमा झरेको जनाएको छ ।

महासंघका अनुसारमा आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ३.१ डिग्रीमा झरेको तापक्रम बिहीबार ३.९ डिग्री सेल्सियस रहेको थियो ।

मौसमविद रोजन लामिछानेले तापक्रम घट्ने क्रम जारी रहने बताए । उनका अनुसार मौसम भने सफा रहनेछ ।

चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने तथा रातको समयमा बादल नलागेका बेला मौसम बढी चिसो हुने गरेको उनको भनाइ छ ।

आज जुम्लामा सबैभन्दा कम माइनस ७.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी