दोस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता पुस २६ बाट



खाँदबारी : दोस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता पुस २६ बाट सङ्खुवासभाको खाँदबारीमा सुरु हुने भएको छ। तीनपोखरी समाज विकास क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सशस्त्र प्रहरी बल पकली कोशी प्रदेश सहित आठ टिमको सहभागिता रहने आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।  प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ। त्यसैगरी उपविजेताले नगद एक लाख १० हजार र सेमिफाइनलिस्ट दुई टिमले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक झलकलाल कुसुलेले जानकारी गराए। प्रतियोगितामा सशस्त्र प्रहरी बल पकली, बुल्स ११ भौसाबारी मोरङ, चुचाचुली स्पोटिङ क्लब दमक झापा, खाँदबारी युथ क्लब सङ्खुवासभा सहभागी रहने छन्। त्यसैगरी सङ्खुवासभाका अरुण उपत्यका सामुदायिक विकास क्लब (एडभान्स), मकालु फ्रेन्डस क्लब, सित्तलपाटी फुटबल क्लब र आयोजक तीनपोखरी समाज विकास क्लब खेलमा सहभागी हुने छन्। प्रतियोगिता माघ १ सम्म खाँदबारी रंगशालामा सञ्चालन हुने छ। खेलाडीको सुरक्षाका लागि प्रत्येक खेलाडीको एक लाख रुपैयाँ स्वास्थ्य बिमा गरिने तीनपोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईंले जानकारी गराए। प्रतियोगितामा सहभागी हुने खेलाडीहरू खेलको समयमा घाइते हुँदा उपचारमा समस्या हुने भएको हुँदा उनीहरूको बिमा गर्न लागिएको अध्यक्ष चापागाईंले बताए। खेलमा सहभागी प्रत्येक खेलाडीको स्वास्थ्य बिमा आयोजकले गर्ने छ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी