दुई छोरीको हत्या आरोपमा आफ्नै आमा पक्राउ



दाङ : सल्यानमा एक महिलाले आफ्ना दुई छोरीको हत्या गरेकी छन्। बुधबार बिहान बनगाड कुपिण्डे नगरपालिका-११ सिस्नेपातलमा आमाले दुई छोरीको हत्या गरेकी हुन्। घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछ गर्दा २५ वर्षीया आमा पूर्णिमा रानाले नै हत्या गरेको स्वीकार गरेकी छन्। उनले ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको हत्या गरेकी हुन्। बालिकाका बुबा टेकमान राना भने रोजगारीका क्रममा नुवाकोटमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सोधपुछ गर्दा पूर्णिमाले श्रीमानसँग बेलाबेलामा हुने घरायसी विवादका कारण छोरीहरूको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए। कपडाको सलले घाँटी थिचेर आफूले छोरीहरूको हत्या गरेको प्रहरीसँगको बयानमा भनेकी छन्। प्रहरीले पूर्णिमालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

 सामाजिक सञ्जालमा हामी