राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज



काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज भएको फैसला सुनाएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशद्वय अब्दुल अजित मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले  रिट खारेज गर्ने निर्णय सुनाएको हो। केही विषयमा भने सर्वोच्चले निर्देशनात्मक  र कानुन बमोजिम गर्नु भन्ने आदेश जारी गरेको छ।

अधिवक्ता रामबहादुर राउतसहितले राष्ट्रिय परिचयपत्र सबै क्षेत्रमा लागू हुन नसक्ने भन्दै सर्वोच्चमा रिट दिएका थिए।  सो रिटमाथि सुनुवाइ गर्दै प्रधान न्यायाधीशसहित सम्मिलित इजलासले यस्तो फैसला सुनाएको हो। योसँगै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न सरकारलाई बाटो खुलेको छ।

२०८१ जेठ २४ गते बसेको मन्त्रिपरिषद बैठकले चरण/ चरण गरेर देशैभर सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो।

केपी ओली कपको दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र खेल्दै

काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। फाइनल

संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइलनमा प्रवेश

काठमाडौं  : संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका

आज दिनभरको मैसम कस्तो रहला ?

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको

 सामाजिक सञ्जालमा हामी