भन्सार छलीका १९ आइफोनसहित एक जना पक्राउ



काठमाडौं: भन्सार छलीका १९ थान आइफोनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी टोल घर भइ काठमाडौं–६ ग्राण्डी बसोबास गर्ने २९ वर्षीय मोहमद शाकिव खान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीबाट १९ थान आइफोन र अन्य ब्राण्डका १० थान गरी २९ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । ती मोबाइलहरु भन्सार छली तथा चोरी पैठारी गरेर ल्याइएको प्रहरीले जनाएको छ । न्यूरोडमा पसल राखी बेचबिखन गर्दै गरेको बेला ती मोबाइलहरु बरामद गरिएको प्रहरीको भनाइ छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता

 सामाजिक सञ्जालमा हामी