राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि



काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको छ।

नेपाल रग्बी संघको आयोजनामा च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो। ललितपुरको च्यासल रंगशालामा चौथो संस्करणको रग्बी फिफ्टिन्स गर्न लागिएको संघले जानकारी दिएको हो।

यस फिफ्टिन्स प्रतियोगितामा राष्ट्रिय स्तरका क्लबहरू तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, गोर्खाली रग्बी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लबले चुनौती प्रस्तुत गर्नेछन्। राउन्ड रोबिनको आधारमा खेल सञ्चालन हुने भएको छ।

महासंघका महासचिव गोविन्द घिमिरेले सेभेन्सको तुलनामा फिफ्टिन्स प्राविधिक रूपमा पनि उत्कृष्ट खेलाडीले मात्र प्रतिपस्पर्धा गर्ने भएकाले तीन विभागीय र नेपाली रग्बी इतिहासमा सबैभन्दा पुरानो क्लब गोर्खालीलाई मात्र समावेश गरिएको बताए।

संघले अघिल्लो वर्षदेखि यस प्रतियोगिताको ट्रफीलाई रनिङ शिल्डको रूपमा सञ्चालन गरेको थियो। गत वर्षको विजेता गोर्खाली रग्बी क्लब हो। सहभागी चारै क्लबलाई तयारी तथा प्रतियोगितामा बिमा र स्वास्थ्य व्यवस्थापनसहित तीन लाख बराबरको रकम प्रदान गरिएको संघले जनाएको छ।

प्रतियोगिताको विजेताले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित रनिङ सिल्ड पाउनेछ। उपविजेताले भने एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित पदक प्राप्त गर्ने संघले जनाएको छ। यस प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार नगदसहित ट्रफी पाउनेछ। म्यान अफ दी म्याचले ट्रफी पाउनेछ।

यस प्रतियोगिताबाट राष्ट्रिय टोलीका खेलाडी छनोट गरिने भएको छ। आगामी वर्षको वैशाख २० देखि २२ गतेसम्म नेपालमै हुने नेपाल बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिजको लागि नेपाली टोलीको तयारी गरिने संघले जनाएको छ।

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

डाक्टर बन्ने सपना !

 काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वमा पर्ने श्रीपुर गाउँको

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी